(१) नियम ४ को उपनियम (१) बमोजिम कुनै निवेदन परेमा समितिले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिव देखिए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै उत्पादन लिने स्वास्थ्य हेरचाह गर्ने निकाय वा संस्था वा सङ्गठनले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(२) नियम ४ को उपनियम (२) बमोजिम कुनै निवेदन परेमा समितिले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिव देखिए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै उपकरण वा वस्तुहरू दिने उत्पादक वा वितरकले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(३) नियम ४ को उपदफा (३) बमोजिम कुनै निवेदन परेमा समितिले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिव देखिए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै छात्रवृत्ति वा अनुसन्धान अनुदान वा रकम लिने स्वास्थ्य कार्यकर्ताले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(४) उपनियम (१), (२) वा (३) बमोजिमको स्वीकृति समितिले त्यस्तो स्वीकृतिको लागि निवेदन परेको मितिले तीस दिनभित्र दिनु पर्नेछ ।